अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वालिङ नगरपालिकाका पाँच वडा कार्यालय भाडाको घरमा

वालिङ नगरपालिकाका पाँच वडा कार्यालय भाडाको घरमा


वालिङ-वालिङ नगरपालिकाका  १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन् । 

आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट विभिन्न नौ वडा कार्यालयहरु सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । 

“नगरपालिकासित भवन बनाउनका लागि बजेट नहुने समस्या छ”, उहाँले भन्नुभयो, “संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति धेरै महत्त्व नदिने भएकाले  वडा कार्यालयका भवन निर्माण गर्न नसकिएको हो ।”

वडा नं. १३ को कार्यालय भवन निर्माण सम्पन्न हुन लागेको उहाँले जानकारी दिनुभयो । हाल स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको वडा नं. ४ को भवन निर्माणका लागि प्रक्रिया पूरा भई निर्माण  थालनी भएको छ । वडा नं. ९ को लागि पनि साबिकको पशु सेवा केन्द्र रहेको भवनबाट सेवा दिने तयारी भइरहेता पनि निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

आफ्नै वडा कार्यालयको भवन नभएका वडाका लागि जग्गा प्राप्तिका लागि प्रक्रियामा रहेको तर उपयुक्त जग्गा नपाइएको उहाँले बताउनुभयो । भाडामा रहेका वडामा वडा नं. ८, ९, १०, ११ र १३  छन् । नगरपालिकाले मासिक घर भाडावापत रु ४९ हजार पाँच सय १० बुझाउने गरेको नगरपालिकाका लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताउनुभयो । 

उहाँका अनुसार वडा नं. ८ को मासिक सात हजार सात सय, वडा नं. ९ को १२ हजार, वडा नं. १० को ११ हजार, वडा नं. ११ को आठ हजार आठ सय र वडा नं. १३ को १० हजार १० रकम घरभाडा वापत बुझाउने गरेको छ । नगरपालिकाले पाँच  वडाको कार्यालय सञ्चालन गरेवापत वार्षिक रु पाँच लाख ९४ हजार एक सय २० घरभाडा बुझाउने गरेको जनाइएको छ ।