अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन: आचारसंहिता विपरीत गतिविधि गर्दै आठ दलीय मोर्चा

राष्ट्रपति निर्वाचन: आचारसंहिता विपरीत गतिविधि गर्दै आठ दलीय मोर्चा


काठमाडौं – ८ दलले निर्वाचन आचारसंहिता विपरित गतिविधि गर्ने भएका छन् । आज बसेको आठ दलको बैठकले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ-आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेका हुन् ।
निर्वाचन आचारसंहिता लागिसकेपछि मतदाताहरुलाई कुनै पनि किसिमको प्रलोभन वा मतमाग्ने कार्यगर्न नहुने भएपनि सत्तासिन आठदलीय बैठकले आचारसंहिता विपरित हुने निर्णय गरेका हुन् । 

आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेको हो।

राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूले बताए ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बुधबार बिहान ११ बजेसम्म प्रदेश सभा सांसदहरू तथा संघीय सांसदहरूलाई काठमाडौं आइसक्न पनि निर्देशन दिने निर्णय गरेको छ।

राष्ट्रपति चुनावमा राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन्।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।