अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चलाई सभामुखको जवाफ: विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार हो

सर्वोच्चलाई सभामुखको जवाफ: विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार हो


काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाउनु भएको छ।

सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएको उल्लेख छ।

जवाफमा भनिएको छ‍- ‘प्रमुख प्रतिपक्षी दल को हो  भन्ने विषयकाे  निरुपण गर्न हामी सक्षम छौं । अदालतले केही भनिदिइरहनुपर्दैन, यो संसदको विशेषाधिकार हो । यो संसदले व्याख्या गर्ने विषय हो ।’

सभामुख घिमिरेले कुनै विषय र सन्दर्भमा जाहेर गरेको मत सधैं त्यही अवस्थामा रहन्छ भन्ने पनि नहुने जिकिर गर्नुभयो । ‘परिस्थिति अनुसार अवस्था र सन्दर्भका आधारमा जाहेर मत परिवर्तन गर्न सक्ने भएकाले प्रस्तुत निवेदन खारेज हुनु मनासिव हुन्छ’ संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार जवाफमा लेखिएको छ ।