अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले शक्तिशाली भएकै कारण प्रतिक्रियावादीको टाउको दुखेको हो: निर्मल भट्टराई

एमाले शक्तिशाली भएकै कारण प्रतिक्रियावादीको टाउको दुखेको हो: निर्मल भट्टराई


सिन्धुपाल्चोक – नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले एमाले गठबन्धनसँग एक्लै निर्वाचनमा जाँदा पनि जनताको पहिलो रोजाइ र शक्तिशाली पार्टी बनेको कारण अहिले पनि घेराबन्दीमा परेको बताउनुभएको छ।

एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगर कमिटीद्वारा आयोजित विस्तारित भेलामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पार्टीको राष्ट्रव्यापी सांगठनिक संजाल र उत्कृष्ट नेता कार्यकर्ताहरु प्रतिक्रियावादी शक्तिको टाउको दुखाइ बनेको छ।’

भेलामा प्रदेश कमिटीका सदस्य सूर्य लामा, जिल्ला उपसचिव सुसिला पाख्रिन, युवा नेता डिबी तामाङलगायतले अभियानबारे चर्चा गर्नुभएको थियो ।

विस्तारित भेला पालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले आफ्नो पालिकाभित्र गरिने समग्र योजना पारित गरेको छ ।

ज्ञानेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले आफ्नो पालिकाभित्र गरिने समग्र योजना पारित गरेको छ ।

Skip This