अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ: मुख्यमन्त्रीले अधिकारी

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ: मुख्यमन्त्रीले अधिकारी


गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

नीति, योजना तथा कार्यक्रममा लैङ्गिक मूल प्रवाहीकरणलगायत लैङ्गिक उत्तरदायी बजेटका माध्यमबाट लैङ्गिक समता र समानता प्रवद्र्धनका साथै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको अवलम्बन गरिएको मुख्यमन्त्रीले अधिकारीले जनाउनुभएको छ ।

प्रदेश सरकारले जोखिमपूर्ण अवस्थाका गर्भवतीको हवाई उद्धार, पोठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार, महिला तथा १६ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र हिंसापीडित महिलाका लागि सीप विकास र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने सङ्कल्पका साथ आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइँदैछ ।