काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताउनुभएको छ ।
आज अखिल नेपाल महिला संघले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउनुभएको हो ।

अध्यक्ष ओलीले पहिलो कार्यकालको सफलता र मर्यादित भूमिकालाई हेरेर दोश्रो कार्यकाल पनि राष्ट्रपतिमा दोहोर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’





प्रतिक्रिया