सुर्खेत -अखिल नेपाल महिल संघ सुर्खेतको अध्यक्षमा टिका अधिकारी सर्वसम्मत हुनुभएको छ ।
हिजो भएको छैटौं जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा ६१ सदस्यीय समिती गठन गरेको संघकी केन्द्रीय सदस्य मोहनमाया ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार उपाध्यक्षहरुमा गोमा पौडेल र तारा भण्डारी चयन हुनुभएको छ । यसैगरी सचिवमा शान्ती छन्तेल,सहसचिवमा यमुना नेपाली र कोषाध्यक्ष बिमला थापा चयन हुनुभएको छ ।






प्रतिक्रिया