काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुने बताउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै अध्यक्ष थापाले राष्ट्रहित विपरितको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनु हुने बताउनुभएको हो ।
नेपालको ईतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाउनुभएकी राष्ट्रपति भण्डारीको यही फागुन २९ मा निवृत्त हुनुहुँदैछ।







प्रतिक्रिया