अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा महिला बिमान चालक दललाई बधाई

अध्यक्ष ओलीद्वारा महिला बिमान चालक दललाई बधाई


काठमाडौं – नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गर्नुभएको छ ।

दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई अध्यक्ष ओलीले बधाई दिनु भएको हो ।

अध्यक्ष ओलीले ट्विट गर्दै , ‘अघि बढ्दैछन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो। यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को-पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !,’ लेख्नुभएको छ ।