अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज अमेरिकी अभिनेत्री ब्रिटनीको जन्म दिन

आज अमेरिकी अभिनेत्री ब्रिटनीको जन्म दिन


काठमाडौँ-सन् १९८६ मा आजकै दिन (मार्च ९) मा अमेरिकी अभिनेत्री ब्रिटनी स्नोको जन्म भएको थियो । अमेरिकी राज्य फ्लोरिडाको टम्पामा जन्मिएकी स्नो ३ वर्षको उमेरमा डिपार्टमेन्ट स्टोरका विज्ञापनमार्फत मोडलिङमा प्रवेश गरेकी थिइन् । 

तर सीबीएस टेलिभिजनको सोप ओपेरा ‘गाइडिङ लाइट (१९९८–२००१)’ मा अभियन गरेसँगै भने उनी चर्चामा आएकी हुन् । गाइडिङ लाइटबाट उनले ‘सोप ओपेरा डाइजेस्ट अवार्ड’ मा उत्कृष्ट युवा अभिनेत्रीको अवार्डसमेत जितेका थिइन् । त्यसपछि उनले एनबीसी टेलिभिजनको ‘अमेरिकन ड्रिम्स (२००२–२००५) मा अभिनय गरेकी थिइन् ।

अमेरिकन ड्रिम्सपछि फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले थप सफलता हासिल गरिन् । उनले ‘द प्यासिफियर (२००५)’, ‘जोन टकर मस्ट डाई (२००६)’, ‘हेयरस्प्रे (२००७)’, ‘प्रोम नाइट (२००८)’, ‘वुड यु र्‍यादर (२०१२)’, ‘बुसविक (२०१७)’, ‘ह्याङ्गम्यान (२०१७)’, ‘समवान (२०१९)’, ‘एक्स (२०२२)’ मा प्रमुख भूमिका निर्वाह गरेकी छन् ।

स्नो ‘लभ इज लाउडर’ मुभमेन्टकी सहसंस्थापकसमेत हुन् । गैरनाफामूलक संस्था जेड फाउन्डेसनको अगुवाइमा स्थापित लभ इज लाउडर विद्यालयमा हुने छेडखानी रोक्न क्रियाशील छ । छेडखानी, बडी सेमिङ, विभेद र डिप्रेसनलाई सम्बोधन गर्ने उद्देश्यले लभ इज लाउडरमा हजारौं प्रभावशाली व्यक्तिका साथै विद्यालय, कलेज तथा समुदाय जोडिएका छन् ।

मानसिक स्वास्थ्यका विषय क्रियाशील रहेको भन्दै स्नोलाई अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले सन् २०१५ मा विशेष सम्मानसमेत गरेको थियो । एजेन्सी 

Skip This