अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना

आजको मौसम : पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा   चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। 

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन  देशका पहाडी भू-भागमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।