अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौँ-नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने भएका छन्।

एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र अधिवेशन समाप्त भएपछि संसदीय दलको बैठक बोलाउँदै आएको छ। बैठकमा अधिवेशन अवधिभर पार्टीका सांसदले खेलेको भूमिका तथा भएका कामकारबाहीको समीक्षा गर्ने गरिएको छ।

संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार आजको बैठकमा गत संसद् अधिवेशनमा एमालेले खेलेको भूमिकाको समीक्षा गरिनेछ। साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष ओलीले विशेष निर्देशन दिने अर्यालले बताइन्।

बैठकमा संसद्को आगामी गतिविधि, पार्टीका सांसदको भूमिका तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।