काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्नुहुने छ । राष्ट्रपति भण्डारीको सचिवालयका अनुसार नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी आफ्नो निजी निवास सर्नुहुने छ ।
राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेभित्र शीतल निवास छाड्ने सचिवालयले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ दिउँसो १ बजे रहेको छ ।
संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था भएपनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।
पौडेल फागुन २५ गते भएको निर्वाचनमा एमालेका सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया