काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ।
उहाँले आज त्यहाँ जानुभई शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो। नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ। उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो।






प्रतिक्रिया