काठमाडौं – नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले सामाजिक क्षेत्रको यात्रा नै राजनीतिक क्षेत्रको यात्रा भएको बताउनुभएको छ।
मानवअधिकार एलाइन्सको राष्ट्रिय परिषद् बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै राजनीतिक क्षेत्रमा काम गर्ने नेताहरूले समेत यी कुरा बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय जिम्मेवार नेताहरूले पार्टीलाई धोका दिइरहेका छन्, सामाजिक अभियन्ताहरूले पनि धोका नदिने गरी काम गर्नुस्, धोका दिनेहरू नैतिक रूपमा उभिन सक्दैनन् ।’
समाज परिवर्तनको लागि गरिने सामाजिक काम पनि राजनीतिक काम नै भएको उहाँले बताउनुभयो । समाज रूपान्तरणको लागि गरिने सबै काम कुनै न कुनै रूपमा राजनीतिक काम नै भएका उहाँले प्रष्ट पार्नुभयो ।




प्रतिक्रिया