अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ-हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाको भनाइ छ ।