अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम


बाँके-बाँकेका विभिन्न वनमा  डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । 

वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । 

सरकारको सम्पत्तिको रूपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको जानकारी दिनुभयो । 

हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइँदै आएको छ । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने  उहाँको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णलगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक भएको बताउनुभयो । 

बाँकेमा नरैनापुर, राप्तीसोनारी, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिनुभयो ।