अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्डले बधाइ दिनुभएको हो। उहाँले फेसबुकमार्फत् बधाइ दिनुहुँदै उच्च कौशल प्रदर्शन गर्दै नेपाललाई विजयी गराएर देशको स्वाभिमान र गौरव राख्न सफल भएको भन्दै क्रिकेट टिमको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्रीले क्रिकेट टिम, प्रशिक्षक र नेपाल क्रिकेट सङ्घ क्यानलाई बधाइ दिनुभएका हो।

प्रधानमन्त्रीले फेसबुकमा बधाइ दिनुहुँदै लेख्नुभएको छ, ‘आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाइ।’

बिहीबार बिहान खेल हुनुअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै पुगेर प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो। युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै नेपालले एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको हो।