नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय राजनीतिक वा अन्य कुनै पनि खालको डर, त्रास र प्रलोभनमा पर्न नहुने बताउनु भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कानूका विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘न्यायलय साँच्चै स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुुनुपर्छ। राजनीतिक हिसाव वा कुनै अन्य हिसावले पनि डर, त्रास, प्रलोभन केहीमा पर्नु हुँदैन। न्याय सम्पादन गर्नु पर्दछ। कानुनको मुख्य उद्देश्य त्यो हो। र, हुनु पर्दछ। तर त्यो हुन सकेको छैन। मैले अपेक्षा गरेको छु–हाम्रो नयाँ जेनेरेशनले कुनै पनि प्रकारको डर, लोभ, त्रास, प्रलोभनमा नपरी न्याय दिनु पर्दछ।’
न्यायालयले न्याय सम्पादन गर्नुपर्ने र त्यसका लागि न्यायाधीशहरु कुनै पनि प्रकारको आग्रह वा पूर्वाग्रहमाथि रहनुपर्ने अध्यक्ष ओलीको भनाई थियो।




प्रतिक्रिया