अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं-मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ।

सरकारका विभिन्न मन्त्रालयबाट प्रस्तुत भएका प्रस्तावमाथि पनि बैठकमा छलफल हुने बताइएको छ। साथै, प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषय, नीति तथा कार्यक्रम कार्यान्वयनका अवस्था र अन्य आवश्यक निर्णयका एजेन्डा बैठकमा समावेश हुन सक्ने स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्ताव अनुमोदन, नियुक्ति, सरुवा तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।