अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ


काठमाडौं-गृहमन्त्री सुधन गुरुङ बिमस्टेक (बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल) सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, विपद् व्यवस्थापन तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले असोज २७ गते भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, सीमा सुरक्षा, अपराध नियन्त्रण तथा अन्य आपसी चासोका विषयमा छलफल हुने सम्भावना रहेको छ।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेका बेला गृहमन्त्री गुरुङको भारत भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ।