अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कस्तो छ आज दिनभरको मौसम ?

कस्तो छ आज दिनभरको मौसम ?


काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ ।