अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकप क्वालिफायरमा प्रवेश गरेकोमा प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप क्वालिफायरमा प्रवेश गरेकोमा प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका छन् । आज खेलाडीलाई बालुवाटारमा बोलाएर सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिखेलाडीलाई ३ लाख दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रु. ३ लाख पुरस्कारको घोषणा गर्दछु ।’

हिजो त्रिवि खेल मैदानमा भएको खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश भएको थियो ।