अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको बैठक सुरु

प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको बैठक सुरु


काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बानेश्वरमा लगानी बोर्डको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयले सो जानकारी दिएको हो।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा यसअघि पुस २४ गते बसेको लगानी बोर्डको बैठकले फोहोरमैला व्यवस्थापन परियोजनाको दस्तुर, मेट्रो रेल आयोजना सञ्चालनका लागि उच्च स्तरीय संयन्त्रको गठन, आयोजना बैंकको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो। यसैगरी,  अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको विकासको मोडालिटी, परियोजना लगानी सम्झौता, तल्लो तटीय सिंचाइ प्रभाव अध्ययन, लगानी प्रवर्धन सम्मेलन गर्नेलगायतका निर्णय गरेको थियो । 

Skip This