अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैनः राष्ट्रपति पौडेल

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैनः राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताउनुभएको छ।

आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार राष्ट्रपति कार्यालयमा बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताउनुभएको हो।

उहाँले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनुभयो।उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याउनु भएको हो।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ।मैले हिजो इन्ट्रेस दिएर हेरेँ।असाध्यै राम्रो खेल थियो।दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो।पूर्वाधारको कमी रहेको छ।तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो।यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन।यसमा विश्वका देशहरुसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलाडीको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउनुभयो।