अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकासहित देशभर वर्षा

उपत्यकासहित देशभर वर्षा


काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।