काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिनुभएको छ।
प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिनुभएको हो । “नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ।
मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा ९एमाले० का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो।
पूर्वमन्त्रीसमेत रहनुभएका यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।






प्रतिक्रिया