अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा फेरी बढ्यो कोरोना,हिजो मात्र पाँच जनाको मृत्यू

भारतमा फेरी बढ्यो कोरोना,हिजो मात्र पाँच जनाको मृत्यू


काठमाडौं- भारतमा फेरि कोरोना भाइरसको प्रकोप बढ्न थालेको छ । हिजो उत्तर प्रदेश र हिमाञ्चल प्रदेशसहित चार राज्यमा पाँच संक्रमितको मृत्यु भएको भारतीय अखबार अमर उजालाले लेखेको छ । खबरअनुसार, देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार नाघेको छ ।

हिजो मात्र भारतमा ७ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशमा कोरोना संक्रमित भइसकेकाको कुल संख्या ४ करोड ४६ लाख पुगेको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म ५ लाख ३० हजार ७ सय ९५ जनाको मृत्यु भएको छ । भारतका स्वास्थ्य सचिव राजेश भूषणले महाराष्ट्र, गुजरात, केरल, कर्नाटकसहित ६ राज्यलाई पत्र लेख्दै संक्रमण रोक्नका लागि तत्काल निगरानी बढाउन निर्देशन दिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले पनि राज्यहरूलाई पत्रमार्फत नै सतर्क गराएको थियो ।

डिसेम्बर २०१९ मा सबैभन्दा पहिला चीनको वुहानमा देखिएको कोरोना भाइरस ९कोभिड–१९० केही महिनाभित्रै संसारभर फैलिएको थियो । नयाँ वर्षको तामझाम हुने बेला कोभिड प्रसार रोक्न विश्वका धेरै मुलुकले ‘लकडाउन’जस्तो कठोर उपाय अपनाउनुपरेको थियो ।