काठमाडौं-एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो। तर चितवनको वन्यजन्तु पर्यटन राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन।
निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि चितवनको पर्यटनलाई थप विविधता दिएका छन्। यस्ता वनक्षेत्रले वन्यजन्तु अवलोकन र प्रकृति पर्यटनको सम्भावना विस्तार गर्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र वन संरक्षणको महत्त्वसमेत बढाएका छन्।














प्रतिक्रिया