अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठमेलबाट स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ

ठमेलबाट स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ


काठमाडौं-काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ मंसिर ९ गते दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका-१७, ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोतबाट प्राप्त रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २१५ दशमलव ०९ र यूएई दिराम ५५ फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा चितवन जिल्ला, बिसौनी घर भई काठमाडौंको ठमेलमा बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।