जुम्ला – नेकपा एमाले मिसन ग्रासरूट अभियान अन्तर्गत जुम्लाको पातारासी गाउँपालिका-५ मा रत्न बहादुर बुढाको अध्यक्षयतामा वडा कमिटी गठन भएको छ। नवगठित २१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा जौकला बुढा, सचिवमा लालरूपा, उपसचिवमा जानी कठायत, मयालाल बोहरा रहनुभएको छ।
कमिटीका पदाधिकारीलाई पार्टीका केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेसनल)ले शपथ ग्रहण गरानउनुका साथै प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षणमा शाहीले नेकपा (एमाले) बलियो हुनु नै देश बलियो हुने कुरा भएकाले अधिकतम रुपमा जनतालाई पार्टीमा गोलबन्ध गर्नुपर्ने बताउनुभएको थियो।
बैठकमा केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेसनल), प्रदेश कमिटी सदस्य जयबहादुर खत्री र नन्द बहादुर रोकय लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी सदस्य नविकरण, प्रशिक्षण र आगामी कार्ययोजना सहित कार्यक्रम सम्पन्न भएको छ।



प्रतिक्रिया