अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् । 

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याउनु भयो ।

नेविसंघका ओझा ३३१ मतको अग्रतासहित विजयी भएका हुन्। यहाँ कुल १३ वटा विद्युतीय मेशिन राखिएको थियो। यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो। 

ओझा र विष्टसहित क्रान्तिकारीबाट मदन केसी मैदानमा थिए। त्यस्तै नेविसंघबाट विद्रोह गरेर विष्णु बडैला, मिलन बस्नेत, दीपक जोशी  स्वतन्त्र उठेका थिए। तर उहाँहरुले अन्तिम समयमा ओझालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका हुन्।

Skip This