विराटनगर – कोशी प्रदेश सरकार अन्तरगत झापामा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णकुमार कार्की पदावधी सकिए पनि त्यही पदमा रहेर काम गरिरहेका छन्।
२०७८ साल चैत २१ गते नियुक्त हुनुभएका कार्कीलाई २०७९ साल फागुन २६ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पदावधी सकिएको जानकारी दिँदै पत्र लेख्दा पनि उहाँ भने कार्यालय जानु भइरहेको छ । उहाँले पेश गर्नुभएको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१९ साल उल्लेख गरिएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्थ ऐन २०७९ को दफा ५ अनुसार उनको पद सकिएको जानकारी मुख्यमन्त्री कार्यालयका सचिव कृष्ण प्रसाद सापकोटाले दिनुभयो।
नियुक्त हुँदा पेश गरेको नागरिकतामा ६० वर्ष पुगेको र २०७९ साल मंसिर २४ मा नै ६० वर्ष पुगेको उल्लेख गर्दै त्यहाँ यता कानूनत बस्न नमिल्ने पत्र सापकोटाको हस्ताक्षरमा दिइएको छ। उहाँ अहिले पनि प्रतिष्ठानले उपलब्ध गराएको क्वाटर, गाडी लिएर सुविधा उपयोग गरिरहनु भएको छ। आइतबार पनि उहाँ कार्यालयमा पुगेर हाजिर गर्नुभएको थियो भने सोमबार पनि कार्यालय पुगिसक्नुभएको छ।
कार्कीले अहिलेसम्म त्यहाँ सरकारले दिने र लिन सक्ने सबैखाले सुविधा लिइरहेको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानका सूचना अधिकारी जयनारायाण अधिकारीले चिठ्ठी आएपछि मुख्यमन्त्री कार्यालयमा गएर आफूलाई मौखिक आश्वसन आएको छ भन्ने जानकारी दिएको आधारमा कार्यालयमा रहनुभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म काम गर्छु भनेर बसिरहनु भएको छ, अब हामी पनि अन्योलमा छौँ, के गर्ने भनेर ।’
विष्णु कुमार कार्कीले भने पटक पटक फोन सम्पर्क गर्दा पनि फोन उठाउनु भएन ।
को हुन कार्की ?
अवकास प्राप्त निजामति कर्मचारी कार्की निजामती सेवामा रहँदा एमाले नजिक भएर काम गरेका कर्मचारी हुन् । उहाँ एमालेको सहयोगमा प्रमुख जिल्ला अधिकारी भएर विभिन्न जिल्लामा काम गरेका पूर्व कर्मचारी हुन्।
उहाँ अवकास प्राप्त भएपछि विभिन्न अवसर खोज्दै र मिलाउँदै आउँदा गत वर्ष प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रतिष्ठानमा नियुक्ति गरेका थिए।
प्रतिष्ठान प्रदेश सरकारको राम्रो बजेट भएको संस्था हो । यसमा विभिन्न दातृ संसथाको सहयोगसमेत छ ।





प्रतिक्रिया