अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संशोधनको तयारी थाल्न अध्यक्ष ओलीको निर्देशन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संशोधनको तयारी थाल्न अध्यक्ष ओलीको निर्देशन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिनु भएको छ।

सोमवार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिनु भएको हो।

अध्यक्ष ओलीले प्रस्तुत विधेयकमा कुन-कुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिनुभयो । उहाँले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले आफूहरु संसदमा प्रस्तुत विधेयक त्रुटीरहीत, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ। हामी टीआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं। कुनकुन बुँदाहरुमा छलफल गर्ने बताइन्छ, त्यही अनुसार टिपेर आउनुहोला, बिर्सिनसक्छौँ। कस्तो संशोधन के भन्ने कुरामा छलफल गर्नेछौँ।’

अध्यक्ष ओलीले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गर्नुभयो ।