अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार

कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ।

सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा ढुंगामुढा गर्नुका साथै गाडीबाट झण्डा निकालेका छन्। 

प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका-११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास  भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए  ।

प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रदेश १ को नाम कोशी कायम भएपछि पहिचानपक्षधर विभिन्न समूहहरु आन्दोलमा उत्रिएका छन्। त्यसक्रममा उनीहरुले आइतबार विराटनगरमा प्रदर्शनसमेत गरेका थिए।