अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश भट्ट अभिनीत म्युजिक भिडियो सार्वजनिक

गणेश भट्ट अभिनीत म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ- चर्चित मोडल गणेश भट्ट अभिनीत मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै सङ्गीत भरेका छन्।

शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी चर्चित मोडल अस्तिता रनपालले साथ दिएकी छन्।  

शिवजी डान्स सेन्टरका निर्देशकसमेत रहेका क्षत्रीले गीतको कथावस्तु नवीन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए। ‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नवीन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीत निर्देशन गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधी रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

यस्तै मोडल भट्टले यो आफ्नो अभिनय जीवनको नवीन र विशिष्ट प्रयास भएको बताए। ‘मैले गीतका लागि अभिनयमा निकै मिहिनेत गरेको छु। यसअघि उत्कृष्ट अभिनय गरेबापत राष्ट्रकै ऐतिहासिक रारा म्युजिक अवार्डबाट राष्ट्रपतिको हातबाट सम्मानित हुने अवसर पाएको छु,’उनले भने।