अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुर क्याम्पसमा अनेरास्ववियुका निसान विजयी

भोजपुर क्याम्पसमा अनेरास्ववियुका निसान विजयी


भोजपुर – भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेविसंघका सञ्जय ढकाललाई ३१ मतले पछि पार्दै अनेरास्ववियुका निसान राई विजयी हुनुभएको छ । निसानले २४२ मत ल्याउँदा ढकाल २११ मा रोकिए ।

अनेरास्ववियुसँग जसपानिकट विद्यार्थी संगठनले तालमेल गरेको थियो ।

सचिवमा सोवित तामाङ, कोषाध्यक्षमा विक्रम तामाङ्ग, अन्य सदस्यमा शम्भुराज राई, श्रद्धा राई, विष्णुप्रसाद लुइँटेल र सुनिता राई निर्वाचित भएका छन् ।