काठमाडौं – नेकपा एमालेका नेता विष्णु रिजालले दुई महिनामा दुईपटक विश्वासको मत लिनुपर्ने बाध्यताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को छवि प्रष्ट भएको बताउनुभएकाे छ।
मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै रिजालले ‘मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले महिना–महिनामै विश्वासको मत लिए पनि विश्वास कसरी होला’ भनी प्रश्न गर्नुभएकाे छ । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेलाई नै त्रास छ’, उहाँ लेख्नुहुन्छ, ‘यस मानिसले कति बेला साथ छाड्छ !’
चुनाव कांग्रेससँग मिलेर लड्ने, प्रधानमन्त्री एमालेसँग मिलेर हुने अनि विश्वासको मत चाहिं कांग्रेस-रास्वपासँग मिलेर लिने भन्दै उहाँले प्रचण्डप्रति कटाक्ष गर्नुभएकाे हाे । ‘यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला’, उहाँले लेख्नुभएकाे छ ।




प्रतिक्रिया