अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले आणविक कानून बनाउँदा परराष्ट्र नीतिलाई ध्यान दिनुपर्छ: योगेश भट्टराई

नेपालले आणविक कानून बनाउँदा परराष्ट्र नीतिलाई ध्यान दिनुपर्छ: योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताउनु भएको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सचिव भट्टराई यस्तो बताउनु भएको हो।

उहाँले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सचिव भट्टराईले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चीन र भारको बीचमा रहेको भन्दै कानून बनाउँदा ठूला देशको बीचमा हुँदाको फाइदा र अफ्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताउनुभयो ।