अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी

प्रधानमन्त्री प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध काठमाडौं नयाँ बानेश्वरमा नाराबाजी भएको छ।

आज प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए ।

त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवैजना युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले ‘गरिबमारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर्’, ‘नालयक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौँ’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री प्रचण्ड पुग्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उहाँकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर्’ भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।