अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिणकालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

दक्षिणकालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते


काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका-८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

मृतकको पहिचान खुलेको छैन। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।