अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक: राष्ट्रपति पौडेल

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक: राष्ट्रपति पौडेल


काठमाडौं- नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार बेगर मुलुकको हित हुँदैन भन्दै सङ्घीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पार्नुभएको थियो । सङ्घका अध्यक्ष पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गर्नुभयो भने सङ्घका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गर्नुभएको थियो ।

Skip This