अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशी पर्यटकको लेक लागेर मृत्यु

विदेशी पर्यटकको लेक लागेर मृत्यु


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभयो।

खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।  

Skip This