अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना 

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना 


काठमाडौँ-हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।