अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का 

भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का 


काठमाडौँ-भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपालमा पनि केही भूभागमा धक्का महसुस गरिएको छ ।

मंगलबार राति साढे ११ बजेसम्म क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । 

पाकिस्तानको मौसम विज्ञान विभागले अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा मंगलबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

प्रारम्भिक विवरणअनुसार अफगानिस्तानको राजधानी काबुल तथा पाकिस्तानका लाहोर, इस्लामावादसहित थुप्रै सहरमा भूकम्पको धक्का मससुस गरिएको छ । 

भारतीय सञ्चारमाध्यमले भारतको राजधानी दिल्ली, पन्जाब, हिमाचल, काश्मिरसहित विभिन्न सहरमा धक्का महसुस गरिएको बताएका छन् ।

अमेरिकी भूगर्भ विभागले पाकिस्तान र ताजिकिस्तानको सीमा नजिक पर्ने जुर्ममा भने ६.५ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।-एजेन्सी