अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थ्री नेसन्स कप फुटबल : पहिलो खेल नेपाल र लाओसबीच हुने

थ्री नेसन्स कप फुटबल : पहिलो खेल नेपाल र लाओसबीच हुने


काठमाडौँ-आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले विजय हासिल गर्न कठिनाइ नभएको बताए ।  

यस्तै कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए ।  

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर : अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ

रक्षक : पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ

मिडफिल्डर : सुमित श्रेष्ठ, मणिकुमार लामा, नवीन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा 

स्ट्राइकर : दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी