अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रानी नाकामा आकाशे पुलको शिलान्यास 

रानी नाकामा आकाशे पुलको शिलान्यास 


मोरङ—भारतको जोगबनीबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा आकाशे पुलको शिलान्यास गरिएको छ । सो पुलको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको हो । 

पुलको ७ करोड ७६ लाख ८ हजारको लागत इस्टिमेट रहेको उक्त योजना ६ करोड २५ लाख २४ हजारमा निर्माणका लागि ह्याबिटेटरआशिषदीप जेभी भद्रपुर झापाले २०७७ जेठ २७ मा सम्झौता गरेको थियो । 

मुख्यमन्त्री कार्कीले अबको दुई वर्षभित्र योजनाको कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । उहाँले प्रदेश सरकारको प्रत्येक योजनाले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने हुनुपर्ने बताउनुभयो ।