अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ: प्रधानमन्त्री प्रचण्ड

अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताउनु भएको छ।

वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उहाँले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाउनु भयो । 

‘विदेशमा रहनु भएका सबै दिदीबहिनी दाजुभाइहरू सामाजिक सुरक्षामा जोड्न र देशसँग जोड्न राज्य यहाँहरूसँगै छ भन्ने भावना दिलाउन पाएकोमा खुसी छु । अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षाको व्यवस्था गर्ने सोचिएको छ’ प्रचण्डले भन्नुभयो, ‘ यसको कार्यान्वयनमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु ।’ 

सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजना समेत अघि सारेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले परिस्थितिवश, बाध्यतावश बिदेसिनु परे पनि ती सबै नेपालीहरूप्रति उत्तिकै माया र सद्भाव छ । जहाँ रहे पनि नेपालको अर्थतन्त्रलाई योगदान पुर्‍याउनु भएको छ । देशको विकासमा योगदान पुर्‍याउनु भएको छ । हामीलाई विभिन्न माध्यमबाट झकझकाउनु भएको छ । बेलाबेला खबरदारी गर्नु भएको छ ।’

Skip This