अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता


काठमाडौं – राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्नुभएकाे छ । पूर्वराजालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले भेट्नुभएकाे हाे ।

पछिल्लो समय राप्रपासँग पूर्वराजा शाह असन्तुष्ट रहेको समाचार आइरहेका बेला निर्मल निवासमै पुगेर राप्रपाका शीर्ष नेताले पूर्वराजासँग भेटवार्ता गरेका हुन् ।

निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा गएको भन्दै पूर्वराजा शाह असन्तुष्ट  रहेकाे समाचारहरु आइरहेकाे थियाे ।

राप्रपाले हिन्दु राष्ट्र पुनः स्थापना, संवैधानिक राजतन्त्र स्थापनालगायतको एजेन्डा लिएर संसदमै बोल्दै आएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन बहिष्कार गरेपछि पूर्वराजा शाहले राप्रपासँग सम्बन्ध सुधार गरेको स्रोतले बतायो ।

केही समय अघि दुर्गा प्रसाईको  अभियानमा समेत  पूर्वराजा सरिक  हुनुभएकाे थियाे   ।