अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहदानी प्रकरणमा रविलाई सफाई दिनु राजनीतिक सौदावाजी हो : चित्रबहादुर केसी

राहदानी प्रकरणमा रविलाई सफाई दिनु राजनीतिक सौदावाजी हो : चित्रबहादुर केसी


काठमाडौँ – राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा रास्वपपा अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएकोमा बिरोध र भर्त्सना गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनी निजलाई सफाइ दिएकोमा भर्त्सना गरेका हुन् । अध्यक्ष केसीले विज्ञप्तमा लेख्नुहुन्छ, ‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन । नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ।’

अध्यक्ष केसीले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उहाँमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘तर रवि लामिछानेलाई सफाइ दिने कार्य भयो । सफाइका दिनुका पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो । लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई दबाब दिएर उहाँलाई सफाइ दिने निर्णय गरेका हुन् । यो सरासर गलत छ।’

राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ ।

Skip This